Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ओली माेदीकाे धाेतिभित्र छिरे : देउवा


    सोमबार, बैशाख ६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली माेदीकाे धाेतिभित्र छिरेको टिप्पणी गरेका छन् । 

    नेपाल विद्यार्थी संघको ५२औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बाेल्दै देउवाले ओलीले विगतमा भारतविरोधी नारा लगाएर चुनाव जितेको र अहिले भारतकै शरणमा परेको टिप्पणी गरेकाे भन्दै भने ओली अवसरवादी हुन्, राष्ट्रवादी होइनन् ।’ 

    उनले ओलीकाे नक्कली राष्ट्रवाद समेत छताछुल्ल भएको बताएका छन् । 

    आफूले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन चाहेको तर बहुमत नपुगेकाले पर्खेर बसेको  बताउदै उनले भने,‘ ओली इन्डियाको त्वम् शरणम् भएका छन् ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार