Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फ्लोर क्रस गराउन भूमिका खेल्ने माधव नेपालसहित ८ जनालाई चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय


    सोमबार, बैशाख ६ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर माधवकुमार नेपालसहित ८ जना नेतालाई चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा जारी बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    स्पष्टीकरण चित्तबुझ्दो नभए १० वैशाखमा बस्ने बैठकबाट कारबाही गर्ने एक नेताले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार