Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • लुम्बिनी प्रदेश सरकार विरुद्ध ल्याइएकाे अविश्वास प्रस्ताव टार्न मन्त्रिमण्डल पुनर्गठन, ४ बजे शपथ


    सोमबार, बैशाख ६ २०७८
    2.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  बुटवल । लुम्बिनी प्रदेश सरकार विरुद्ध ल्याइएकाे अविश्वास प्रस्ताव टार्न अविश्वास प्रस्तावको सामना गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् ।

    नेकपा माओवादी सरकारबाट बाहिरिएसँगै पोखरेलले सरकार विरुद्ध ल्याइएकाे अविश्वास प्रस्ताव टार्न मन्त्रिमण्डल पुनर्गठनको निर्णय गरेका हुन् । 

    मन्त्रिमण्डल पुनर्गठनसँगै अविश्वास प्रस्ताव टार्ने देखिन्छ ।

    सोमवारै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएसँगै पोखरेल र माओवादी मन्त्रीहरु नेकपा माओवादी सरकारबाट बाहिरिका थिए । 

    सन्ताेष पाण्डे र कल्पना पाण्डे लगायत चार जना नवनियुक्त प्रदेश मन्त्रीहरुको शपथ ४ बजेका लागि तय भएको स्राेतले बताएकाे छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार