सुर्खेत । नेकपा माओवादी केन्द्रले सांसदबाट कारबाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, रामबहादुर थापालाई प्रधानमन्त्री केपी ओलीले मन्त्री बनाएर पुरस्कृत गरेकै शैलीमा कर्णाली प्रदेश सरकारले एमालेले कारबाही गरेका ३ सांसदलाई मन्त्रीमा नियुक्त गरेको छ ।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फ्लोर क्रस गरी आफ्नो सरकार जोगाउने एमालेका ३ सांसदलाई मन्त्रीमा नियुक्त गरेका छन् । शाहीले शुक्रबार विश्वासको मत हासिल गरेको भोलिपल्टै शनिबार मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । शुक्रबार फ्लोर क्रस गर्दै सरकारलाई विश्वासको मत दिने नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई मन्त्रीमा नियुक्त गरेका छन् ।
मुख्यमन्त्री शाहीले बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, थापालाई भौतिक पूर्वाधार विकास र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका छन् ।
यी तीन सांसदका अलावा प्रकाश ज्वालाले सरकार जोगाउन फ्लोर क्रस गरेका थिए । ज्वालाले अर्थमन्त्रीबाट एक महिनाअघि राजीनामा दिएका थिए । उनी यसअघि मन्त्री भइसकेकाले फ्लोर क्रस गर्नेहरुलाई मन्त्री बनाएका छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend