Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले नेताहरु आरोप प्रत्यारोपमाः कर्णालीमा फ्लोरक्रस अपमानका बिरुद्धको बिद्रोह कि पार्टीबिरुद्ध घात ?


    शनिबार, बैशाख ४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेश सरकारबिरुद्ध ल्याएको अविश्वास प्रस्ताव एमालेकै प्रकाश ज्वालासहितका ५ सांसदले फ्लोरक्रस गरेर असफल पारिदिएपछि एमालेको संस्थापन पक्ष तिल्मिलाउन पुगेको छ । एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले तजबिजी अधिकार प्रयोग गरी तोकेका प्रवक्ता प्रदीप ज्ञवालीले फ्लोरक्रसलाई बिचलनको संज्ञा दिएका छन् । र,, फ्लोरक्रस गर्ने सांसदमाथि कारबाही गर्ने बताएका छन् ।

    एमालेको संस्थापन पक्षले माधव नेपाल–झलनाथ खनाल समूहलाई गम्भीर अपराध गरेकोसम्म आरोप लगाउन थालेको छ । प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालले कर्णाली प्रदेशमा फ्लोर क्रस माओवादी केन्द्रमा विलय हुन आतुर एमालेभित्र रहेका एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको बताएका छन् । 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेमा झलनाथ खनाल–माधवकुमार नेपाल समूह पक्षको समानान्तर गतिविधिकै कारण कर्णालीमा पछिल्लो घटना घटेको दाबी गरेका छन् । समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो । समयमै सचेत बनौं, पार्टी र आन्दोलनको रक्षाका लागि निःसर्त पार्टी काममा जुटौं ।’ पोखरेलले सामाजिक संजालमा लेखेका छन् ।

    एमालेका युवानेता राजेन्द्र राईले लेखेका छन्–नचाहिएकाहरूले जता भोट हाले पनि जोसँग मिले पनि शक्तिशालीहरुलाई केको चिन्ता, के को मतलब, चिन्ता र मतलब भए एकताबद्ध होऔं, नत्र  चुपचाप आ आफ्नो काम गरौं, आ आफ्नो काम भैरहनेछ ।

    एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्री  लेख्छिन्–अन्याय, अत्याचार, अपमान र थिचोमिचोको विरुद्धमा प्रत्येक क्रान्तिकारीहरूलाई बिद्रोहको अधिकार सुरक्षित हुन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार