सुर्खेत । नेकपा माओवादीका नेता महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकार नेकपा एमालेका चार सांसदका कारण जोगिएको छ । एमालेबाट निर्वाचित भएका ४ प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको हो ।
कर्णाली प्रदेशसभामा रहेका ३७ सांसदमध्ये २२ जनाले शाहीको पक्षमा मतदान गरेका छन् । १५ जनाले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेका छन् । मतदानमा प्रदेशसभाका ३९ सांसदमध्ये ३७ प्रदेशसभा सदस्यले भाग लिएका थिए ।
एमालेका ओली पक्षका नेता यमलाल कँडेलको समूहले शाहीबिरुद्ध अविश्वास प्रस्ताव ल्याएको थियो । शुक्रबार भएको मतदानमा मुख्यमन्त्री शाहीको पक्षमा माधव नेपाल पक्षका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमर थापाले मतदान गरेका छन् । उनीहरुले एमालेको ह्वीप उल्लंघन गर्दै शाहीलाई विश्वासको मत दिएका छन् । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्रीसमेत रहेका प्रकाश ज्वालाले ओलीले एमाले कब्जा गर्न खोजेको र पार्टीका नेताहरुमाथि कारबाही गरेकाले केन्द्रीय नेतृत्वको निर्देशन अनुसार नै शाहीलाई विश्वासको मत दिएको प्रष्ट पारेका छन् ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend