Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • कर्णाली प्रदेश संसदीय दलको बैठक निष्कर्षविहीन


    शुक्रबार, बैशाख ३ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  सुर्खेत ।  नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको छ । 

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएपछि आवश्यक रणनीति बनाउन बसेको नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलको बैठक विनानिष्कर्ष सकिएको हाे ।

    आज बिहान ९ बजेदेखि सुरु भएको दलको बैठक ११ बजे विनानिष्कर्ष टुङ्गिएको र पुनः बस्ने स्राेतले बताएकाे छ ।

    आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूची छ । एमालेले माओवादी केन्द्रका शाही नेतृत्वको सरकारबाट बाहिरिँदै नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ । 

    यस्तो अवस्थामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने निर्णयलाई अर्थपूर्णरुपमा हेरिएको छ । 

    आजको बैठकमा मुख्यमन्त्री शाहीले संसदबाटै विश्वासको मत लिने र यही सरकारले निरन्तरता पाउने माओवादी सांसदको दाबी छ । एमालेकै केही सांसदहरु फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा उभिने माओवादीको अपेक्षा छ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार