काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलमा ‘नो मास्क, नो इन्ट्री’ व्यवथा सुरू गरेकाे छ।
मास्कको प्रयोग अनिवार्य गरेको छ ।
विमानस्थल परिसरमा मास्कको प्रयोग अनिवार्य गर्दै ‘नो मास्क, नो इन्ट्री’ शीर्षकमा जारी गरिएको सूचनामा धेरै भिडभाड नगर्न र सामाजिक दूरी कायम गर्न पनि भनिएको छ ।
अन्तर्राष्ट्रिय यात्राका लागि प्रस्थान गर्ने व्यक्तिले अनिवार्य रुपमा पिसीआर रिपोर्ट देखाउनुपर्ने स्राेतले बताएकाे छ।