रामेछाप । मोटरसाइकलमा लिफ्ट मागेर पाकेटमार गरेको अभियोगमा मन्थली नगरपालिका ६ की २१ वर्षीया लक्ष्मी भुजेल पक्राउ परेकी छिन्।
उनले एक जना व्यक्तिसँग मोटरसाइकलमा लिफ्ट मागी २३ हजार ५ सय रुपैयाँ पाकेटमार गरेको प्रहरीले बताएको छ।
पाकेटमार गरे लगत्तै पक्राउ परेकी उनको साथबाट प्रहरीले सो रकम बरामद गरेको छ। पक्राउ परेकी युवतीलाई विहीबार म्याद थपको लागि अदालतमा पेश गरिएको छ।