Nepal Face
  • आइतबार, १० साउन २०८३
  • च्याम्पियन्स लिग : रियल र सिटी सेमिफाइनलमा


    बिहिबार, बैशाख २ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुलसँग गोलरहित बराबरी खेल्दै रियल समग्रमा ३-१ को जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।

     पहिलो लेगमा निकालेको ३-१ गोलको जितको कारण रियल सेमिफाइनलमा पुग्न सफल भएको हो ।

    लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको दोस्रो लेगमा दुबै टोलिले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगिएको हो। 

    यससँगै रियल भने ३० औं पटक च्याम्पियन्स लिग र युरोपियन कपको सेमिफाइनलमा पुग्न सफल भएको छ ।

    अब रियलले सेमिफाइनलमा अर्को इंग्लिस क्लब चेल्सीसँग खेल्नेछ । 
     
    यस्तै, गएराती सम्पन्न अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

    जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई समग्रमा ४–२ गोलले पराजित गर्दै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले अन्तिम चारमा स्थान बनाएको हो ।

    फाइनल प्रवेशका लागि अब सिटीले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)सित भिड्ने छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार