Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घरायसी विवादमा छोराले कुट्पिट गर्दा एक वृद्धको मृत्यु


    बुधबार, बैशाख १ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । घरायसी विवादमा छोराले कुट्पिट गर्दा विराटनगरका एक वृद्धको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ५ का ६५ वर्षीय काले साहको छोराको कुटाइका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घरायसी विवादमा छोरा अजयले कालेमाथि गत चैत २६ गते निर्घात कुटपिट गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार बुधबार बिहान नोबेल मेडिकल कलेजमा काले साहको मृत्यु भएको हो ।

    कुटपिटपछि फरार भएका अजयलाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार