Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इण्डोनेसियामा ‘सेरोजा’ आँधीबाट १७८ जनाको मृत्यु


    बुधबार, बैशाख १ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। इण्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा सेरोजा नाम दिइएको आँधीको कारण १७८ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

    यस प्रकोपबाट १७९ जनाको मृत्यु हुनको साथै अन्य ४७ जना हराइरहेका सो प्रान्तका उप गभर्नर जोसेफ नाए सोइ सोमबार साँझमा जानकारी दिए । इन्डोनेसियामा केही दिन अघि मात्र बाढी पहिरोबाट दर्जनौ व्यक्तिको मृत्यु भएको थियो । सयौंको संख्यामा विस्थापित भएका थिए ।

    यद्यपी मंगलबार दिउँसो देशको प्रकोप न्यूनीकरण एजेन्सीले आयोजना गरेको भर्चुअल प्रेस सम्मेलनमा प्रान्तीय अधिकारीले विस्थापित व्यक्तिहरुको संख्या घटेको जानकारी दिएका छन् ।

    उनका अनुसार हाल अस्थायी आश्रयस्थलमा ७ हजार ८९५ जना मात्र बसिरहेका छन् यसअघि बाढी पहिरोको प्रकोपबाट सताइएका ३४ हजार ८३८ जना अस्थायी आश्रयस्थल बस्दै आएका थिए  ।

    बाढी र पहिरोले प्रभावित क्षेत्रहरूमा घरहरु, सडक र पुलहरु ध्वस्त  भएको पनि समाचारमा जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार