Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ बर्षमा कालीगण्डकीमा बिहानैदेखि स्नान गर्नेको भीड


    बुधबार, बैशाख १ २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्वत। सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने आजको दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन ।

    बिहानैदेखि पवित्र कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

    विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको दोस्रो लहरको भाइरस सङ्क्रमणको जोखिमका बाबजुद कालीगण्डकी नदीका विभिन्न किनारमा स्नान गर्नेको घुइँचो बढेको हो ।

    आजको दिन विशेष मेला लाग्ने पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीबेनी तथा पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध सेतीवेणीधाम तथा जैमिनीघाट, पूर्तिघाट, नयाँपुल, गोपाङघाट, राजाको बगर, गलेश्वरधाम, मिलनचोक, वारीवेनी, खनियाघाटलगायतका स्थानमा स्थानीयवासीको बिहानैदेखि बाक्लो सहभागिता देखिएको छ ।

    गत वर्ष कोरोनाका कारण रोकिएका छिमेकी जिल्ला स्याङ्जा, कास्की, तनहुँलगायतका जिल्लाबाट आउने भक्तालु यस वर्ष भने हिजैदेखि आएर बास बसेर बिहानैदेखि स्नान गर्न थालेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार