Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • टेकु अस्पतालमा आजदेखि काेराेनाका विरामीकाे मात्रै उपचार हुने


    मंगलबार, चैत्र ३१ २०७७
    3.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले मंगलबारदेखि कोभिड उपचार सेवामात्र दिने जनाएको छ।

    पछिल्लो समय कोरोना संक्रमण बढेका कारण अस्पतालको अन्तरंग सेवालाई कोभिडको मात्र उपचार सेवा दिने गरी व्यवस्था गरिएको स्राेतले बताएकाे छ ।

    मंगलबारदेखि ननकोभिड सेवा बन्द गरेर अन्तरंग सेवालाई कोभिडमय बनाइएकाे हाे ।

    तर एचआइभी र ‘एन्टी रेबिज भ्याक्सिन’ सेवा र साधारण ओपिडी सेवा भने यथावत् रहने स्राेतले जानकारी दिएकाे छ । 

    गत दश दिनयता अस्पतालमा कोभिड संक्रमित भर्ना हुने क्रम बढिरहेको छ। अहिले अस्पतालमा २० भन्दा बढी संक्रमितहरू उपचाररत रहेको अस्पतालले जनाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार