Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कुटपिट गरी श्रीमतीकाे हत्या


    मंगलबार, चैत्र ३१ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा बाँकेबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    ३२ वर्षीया श्रीमती लक्ष्मी बीसीको कुटपिट गरी हत्या गरेको अभियोगमा बैजनाथ गाउँपालिका–३ उत्तरलधौराका ४२ वर्षीय चक्रबहादुर बुढालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    चक्रबहादुरले घरायसी विवाद कारण लक्ष्मीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीको भनाइ छ । कुटपिटबाट गम्भीर घाइते भएकी लक्ष्मीको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार