हेटौंडा । मकवानपुरमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।
सोमबार बिहान ९ बजे हेटौंडा उपमहानगरपालिका-९ शान्तिचोक बस्ने दम्पतीको करेन्ट लागेर मृत्यु भएको स्राेतले बताएकाे छ ।
मृत्यु हुनेमा श्रीमान ३५ वर्षीय समिर पाख्रिन र श्रीमती ३० वर्षीया अंशु पाख्रिन छन्।
घरमा भएको मिटर बस्कबाट तार लत्रियो भनेर फलामको डन्डीले श्रीमान-श्रीमती मिलेर उठाउन खोज्दा त्यहीक्रममा करेन्ट लागेर दुबै जना त्यहीँ बेहोस भएका थिए । त्यसपछि पाख्रिन दम्पतीलाई हेटौंडा अस्पताल पुर्याइएको थियो। अस्पताल पुगेपछि उनीहरूलाई अस्पतालले सवा नौ बजे मृत घोषित गरेको थियो।’