Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पौडेललाई पारिवारिक शोक, कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


    सोमबार, चैत्र ३० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पारिवारिक शोक परेका कारण कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

    आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको बैठक पौडेलका माइलो भाइ गोविन्दराजको चितवनमा निधन भएका कारण बैठक स्थगित गरिएको स्राेतले बताएकाे छ । 

    आजको बैठकमा क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल गर्ने लगायतका एजेण्डा थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार