Nepal Face
  • शुक्रबार, ५ मंसिर २०८३
  • हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष शाही पक्राउ


    शुक्रबार, मंसिर ५ २०८३
    255
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रहरीले हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीलाई नियन्त्रणमा लिएको छ । गाउँपालिकाकै एम्बुलेन्स चलाउँदै आएका चंखेली गाउँपालिका-४, का पृथ्वीबहादुर सिंहलाई कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी जङ्गबहादुर सिंहले बताए ।

    उनका अनुसार, बिहीबार अध्यक्ष शाहीले चालक सिंहलाई कुटपिट गरेका थिए । चालक सिंहले लामो समयदेखि आफ्नो पारिश्रमिक नपाएको र अध्यक्षकहाँ माग्न गएको बताइएको छ । सिंह विगत ५/६ वर्ष देखिनै एम्बुलेन्स चालकका रूपमा कार्यरत रहेका छन् ।

    अध्यक्षको कुटपिटबाट घाइते भएका सिंहलाई जिल्ला अस्पताल हुँदै उपचारका लागि नेपालगन्ज पठाइएको सूचना अधिकारी सिंहले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार