Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • इनम सापकोटामाथिको अनुसन्धान पारदर्शी नभएको एमालेको आरोप


    सोमबार, मंसिर १ २०८३
    170
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटामाथि भइरहेको अनुसन्धानको प्रक्रिया पारदर्शी नभएको आरोप लगाएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले सापकोटालाई नियन्त्रणमा लिए पनि अनुसन्धान कसरी अघि बढिरहेको छ भन्ने स्पष्ट नभएको बताए ।

    पोखरेलले हालका प्रधानमन्त्री वालेन्द्र शाहलाई झापाबाट उम्मेदवार बनाउने विषयमा सापकोटाकै नेतृत्वमा सर्वेक्षण भएको भन्ने विवरण सार्वजनिक भएको बताए । सापकोटा चुनावी अभियानमा सहभागी भएको र शाह प्रधानमन्त्री बनेपछि पनि सरकार सञ्चालनमा सघाउने मुख्य टोलीमा रहेको भन्ने दाबी बाहिर आएको उनको भनाइ थियो ।

    प्रहरीले नियन्त्रणमा लिएको मोबाइल प्रधानमन्त्रीका एक सल्लाहकारले दुई-तीन दिनसम्म आफूसँग राखेको भन्ने विवरण पनि सार्वजनिक भएको पोखरेलले बताए ।

    ‘अहिले यही सरकारले इनम सापकोटालाई नियन्त्रणमा ल्याएको छ । तर पनि अनुसन्धानको प्रक्रिया रहस्यपूर्ण देखिँदै छ, पारदर्शी छैन,’ उनले भने । पत्रकार सम्मेलनमा पोखरेलले प्रधानमन्त्री शाहको कार्यशैलीको पनि आलोचना गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार