Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • तारे होटलहरु ६ महिनासम्म बन्द


    सोमबार, बैशाख २२ २०७७
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं बैशाख । नेपाल होटल संघले ठूला होटल ६ महिनाको लागि पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ। संघको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो। सरकारले उद्योगी व्यवसायीले लकडाउनको अवधिमा पनि कर्मचारीलाई पूर्णरूपमा तलब दिनुपर्ने निर्णय गरेपछि होटल व्यवसायीले असोज मसान्तसम्म सबै होटल बन्द गर्ने निर्णय गरेका हुन्।

    होटल संघकी अध्यक्ष सृजना राणाको अध्यक्षतामा बसेको बैठकले कर्मचारीलाई ६ महीनासमम्म तलबको रूपमा आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने र त्यस्तो तलब लिन नमान्ने कर्मचारीलाई रोजगारीबाट हटाउने समेत निर्णय गरेको छ।

    १२.५ प्रतिशत तलब लिन असहमत गरेको समयदेखि सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतीको प्रक्रिया शुरू गरेको सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय संघले गरेको छ।

    होटल संघको निर्णय

    \"\"

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार