काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्।
चितवन पुगेका सभापति लामिछानेले एक कार्यक्रममा बोल्दै पार्टीभित्र वडाध्यक्ष बन्न इच्छुक नदेखिएको र अधिकांशको आकाङ्क्षा एकैपटक मेयर, प्रदेशसभा सदस्य तथा ठूला पदमा पुगेको बताए।
उनले भने, ‘हाम्रा मान्छे वडाध्यक्ष हेर्दैनन् है! एकैचोटि पालिका हेर्ने हो, माथि हेर्ने हो, तल हेर्दैनन् हाम्रा साथीहरू। अब यो वडामा चुनाव लड्न त अघि म राजीनामा दिएर आफैँ वडाध्यक्ष उठ्न आउनुपर्ला जस्तो छ।’
उनले आफूले वडाध्यक्ष पदका लागि आवेदन दिएको नदेखेको भन्दै कार्यकर्ताको पदप्रतिको आकांक्षामाथि व्यङ्ग्य गरे। ‘तपाईँहरू त अब धेरै ठूलो हुन थाल्नुभयो,’ उनले भने।
पार्टीभित्र अवसरको राजनीति हाबी हुन थालेको बताए।
उनले थपे, ‘भोलि दुई जना साथीलाई एउटा पद छोड्दिनुपर्यो भन्नुस् त, हानाहान र मारामार हुन्छ। नदिनुस् मेरो त्यागको उदाहरण, यदि त्यसलाई अनुशरण गर्ने तपाईँलाई इच्छा छैन भने। चाहिएन मलाई यस्तो झुटो तारिफ।’
उनले पार्टीले उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’को विधि अपनाएको भन्दै प्रक्रिया विधिसम्मत र पारदर्शी हुने बताए।
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको...
गोरखामा पहिरोले रेमुनाङ खोला थुनिएर ताल बन्यो काठमाडौं । गोरखाको चुमनुब्री–१ साम्दोस्थित लार्के बजार नजिकै पहिरो खस्दा रेमुनाङ खोला थुनिएको छ । घटनास्थलमा रहेका स्थानीय...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend