Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता 


    बुधबार, कार्तिक १९ २०८३
    65
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् ।

    प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा काठमाडौं आएका सचिव मिश्रीले आएलगत्तै आजैदेखि भेटघाट थालेका हुन्।

    परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने लगायतका विषयमा कुराकानी भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार दुई पक्षबीच आपसी सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ।

    विदेश सचिव मिश्री आज बिहान काठमाडौं आएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार