काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ।
समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय सहकारी,आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी,शिवशिखर सहकारीका २३ जनाको पूर्ण बचत र कान्तीपुर सहकारी,गौतमश्री बहुउदेश्यीय सहकारी, कृषि विकास बहुउदेश्यीय सहकारी, श्री लालिगुराँस बहुउदेश्यीय सहकारीको ९९ जनाको आंशिक बचत फिर्ता गरिएको हो।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रुपमा सञ्चालन भइरहेको छ ।
काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएर आएका अडियो र उनीसँग सम्बन्धित...
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा काठमाडौं आएका...
काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बुधबार बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो। बैठकको कार्यसूचीबारे विस्तृत जानकारी सार्वजनिक भएको...
धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend