काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अस्थिरताको भुमरीमा हाल्न अनैतिक तरिकाले झण्डै दुईतिहाइ जनमत प्राप्त पार्टी खण्डित गरिएको बताउनुभएको छ ।
पार्टीको कर्णाली प्रदेश सम्पर्क समितिको आज यहाँ आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले मुलुक र जनताविरोधी शक्तिले नेकपालाई खण्डित पारे पनि आफूहरुले एकताको झण्डा उठाइरहनुपर्ने उल्लेख गर्नुभयो । पार्टी विभाजनको जिम्मेवार आफूहरु नभएको बताउँदै उहाँले भन्नुभयो, “समाजवाद निर्माण गर्नका निम्ति विशाल कम्युनिष्ट समर्थक जनतालाई एकताबद्ध गर्न आवश्यक छ ।
अप्राकृतिक ढङ्गले विभाजित गरिएको पार्टी पुनः मिलन गराउनु जरुरी छ ।” उहाँले पार्टी एकता गरेर गल्ती नगरेको र एकता पनि आफूहरुले नटुटाएको स्पष्ट पार्नुभयो । कार्यक्रममा कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताको सहभागिता थियो । यस्तै आजै नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको चौथो केन्द्रीय परिषद् बैठकमा अध्यक्ष दाहालले वर्तमान सरकार इतिहासकै विवेकहीन भएको टिप्प्णी गर्नुभयो ।
उहाँले दुईतिहाइ नेतृत्वको सरकार विकेकहीन हुनु विडम्बना भएको उल्लेख गर्दै उहाँले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्च अदालतले विचित्रको फैसला गरी प्रधानमन्त्रीमै राखिदिएको बताउनुभयो । उहाँले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट हटाइएको समेत स्मरण गर्नुभयो ।
अध्यक्ष दाहालले संसद् पुनःस्थापनासम्म आइपुग्दा सरकारात्मक निर्णय भए पनि त्यसपछिको अदालतको फैसला जनताले गरेको परिवर्तनविरोधीको रूपमा आएको बताउनुभयो । जनतामा गएर आफ्ना कुरा बुझाउनुको विकल्प नभएको बताउँदै उहाँले मजदुर र किसानलाई सङ्गठित गर्न लागिपर्ने धारणा राख्नुभयो ।
उहाँले अब केही दिनमा नयाँ सरकार बन्छ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । सङ्घीय निजामती सेवासम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पास भए पनि सरकारकै कारण सदनबाट पास हुन नदिइएको उहाँको भनाइ थियो ।
उहाँले कर्मचारी समायोजनसम्बन्धी विधेयक लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुग्ने गरी समितिबाट पास भए पनि पारित हुन नसक्दा समस्या ज्यूँका त्यूँ रहेको बताउनुभयो ।रासस
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend