8f e§/fO{ /f;;;Fu cGtjf{tf{
sf7df8f}F, @ c;f]h M k"j{k|wfgdGqL Pjd g]kfn ;dfhjfbL kf6L{sf cWoIf 8f afa'/fd e§/fO{ ;+ljwfg lbj;–@)*) sf] k"j{;GWofdf /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;Fu cGtjf{tf{ lbg''x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको पछिल्लो राजनीतिक, प्रशासनिक तथा आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देश ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले राजनीतिक दलहरूभित्र बढ्दो अन्तरसंघर्ष र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले मुलुकको अवस्था थप जटिल बन्दै गएको उल्लेख गरेका हुन्।
उनले सत्तारूढ तथा प्रतिपक्षी दलहरूभित्र चर्किँदो अन्तरसंघर्षसँगै न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अंगहरूको अवस्थालाई चिन्ताजनक रूपमा चित्रण गरेका छन्। बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा यस्ता समस्याले मुलुकलाई थप संकटतर्फ धकेल्न सक्ने उनको भनाइ छ।
भट्टराईले अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, प्राकृतिक प्रकोपको बढ्दो भार र युवाहरूको विदेश पलायनलाई पनि मुलुकका गम्भीर चुनौतीका रूपमा औँल्याएका छन्। सार्वजनिक सञ्चार क्षेत्र तथा नागरिक तहमा बढ्दो निराशाले समेत संकटको संकेत गरिरहेको उनको विश्लेषण छ।
राजनीतिक अस्थिरता र राज्यका निकायहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनले अब मुलुकले थप उथलपुथल थेग्न नसक्ने बताएका छन्।
‘अब कुनै पनि बहानामा देशले अस्थिरता र उथलपुथल थेग्न सक्दै सक्दैन,’ भट्टराईले लेखेका छन्।
उनले विद्यमान परिस्थितिप्रति सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गर्दै आ-आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
‘सबै आ-आफ्नो क्षेत्रबाट गम्भीर बनौँ। सक्छौँ, सकारात्मक योगदान गरौँ १ सक्दैनौँ, नकारात्मक काम नगरौँ,’ उनले भनेका छन्।
भट्टराईको अभिव्यक्तिमा राजनीतिक नेतृत्वको आन्तरिक द्वन्द्वसँगै राज्य संयन्त्रको कार्यसम्पादन, आर्थिक अवस्था र नागरिकमा बढ्दो निराशालाई मुलुकका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको छ। उनले यी चुनौतीको सामना गर्न सबै पक्षको जिम्मेवार भूमिकामा जोड दिएका छन्।
काठमाडौँ । गण्डकी प्रदेश सरकारले पर्वत अस्पतालमा रात्रिकालीन ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको हातपात तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले घटनामा...
काठमाडौँ। विपक्षी दल कांग्रेसका सभापति गगन थापाले सरकार पछिल्लो गतिविधिमाथि प्रश्न उठाउँदै केही सानो समूहले आफैं राज्यको रुपमा प्रस्तुत हुन थालेको बताएका छन् । उनले...
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी...
काठमाडौं । बारामा प्रहरीको गोली लागेर घाइते भएका युवा आदित्य पासवानलाई काठमाडौँ ल्याइएको छ । शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा करिब...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ । पार्टीले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend