काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान मिच्ने ओली नेतृत्वको सरकार धेरै दिन नचल्ने बताएका छन् ।
आज नेपाल राष्ट्रिय कर्मचारी संगठनको बबरमहलमा आयोजित चौथो केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान कुल्चने सरकारलाई अब धेरै समय नराख्ने बताएका हुन् ।
प्रचण्डले प्रधानमन्त्री को हुने भन्नेकुरा मुख्य नभएको बताउँदै संविधान मिच्ने सरकार हटाउनु पहिलो प्राथकिता रहेको बताए । उनले सरकार संविधानको पालनाप्रति इमान्दार हुनुपर्ने बताए । ‘प्रधानमन्त्री को बन्ने भन्दा पनि सरकार संविधानप्रति इमान्दार र निष्ठावान हुनुपर्यो, संविधान मिच्ने सरकार हटाइदिनु पर्यो भन्ने आजको आवश्यकता हो’, अध्यक्ष प्रचण्डले भने ।
उनले संविधानविरोधी सरकारविरुद्ध सामूहिक रुपमा आवाज उठाउन आग्रह समेत गरेका छन् । उनले सरकारले कर्मचारी संगठनलाई विकेन्द्रित बनाएर कमजोर बनाउने काम भएको बताए । ‘यो सरकार अब धेरै दिन चल्दैन, नयाँ सरकार बनेपछि तपाईहरुले उठाउने मागहरुलाई मेरो साथ सहयोग र समर्थन रहनेछ’, उनले भने ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend