Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • बाटो क्रेस गर्ने क्रममा आफू चढेको बसले ठक्कर दिँदा एक महिलाको मृत्यु


    बिहिबार, कार्तिक १३ २०८३
    25
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

    बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसबाट ओर्लिएकी भीमफेदी गाउँपालिका –०८,ईपा बस्ने ६३ वर्षीया लिला देवी खत्रीलाई सोही बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । उनी बसबाट ओर्लिएर अगाडिबाट बाटो पार गर्दै थिइन्। सोही क्रममा बसले ठक्कर दिएको थियो।

    उक्त दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार