काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने एनपीएलको तेस्रो संस्करणको फाइनल मङ्सिर ५ गते हुने तालिका रहेको छ ।
तेस्रो संस्करणको उदघाटन खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र दुवै सिजनको उपविजेता सुदूरपश्चिम रोयल्स आमने सामने हुँदै छ । टियु क्रिकेट मैदानमा हुने यो खेल आज दिउसो साढे ४ बजेदेखि सुरु हुँदैछ ।
आजको टिकट यसअघि नै सोल्ड आउट भएको छ । स्टेडियममा पुगेर हेर्न टिकट नपाउनेले नेपालमा मोबाइलमा नेटटिभीमा, टेलिभिजनमा हिमालयन स्पोट्र्समा, नेपाल बाहिर टेलिभिजनमा स्टार स्पोट्र्समा, भारतमा फ्यानकोडएपमा हेर्न सकिने क्यानले जानकारी दिएको छ ।
साथै आधिकारीक च्यानलबाट प्रत्यक्ष खेलहरु हेरेर नेपाली क्रिकेटलाई सहयोग गर्न क्यानका सचिव पारस खड्काले अपिल समेत गरेका छन् ।
एनपीएलको यो तेस्रो सिजन नेपाली खेलकुदको सबैभन्दा ठूलो उत्सव बन्ने निश्चित भएको छ । अघिल्ला दुई सिजनभन्दा यो सिजन आइसीसीको मान्यता, डीआरएस प्रविधि र विश्वका केहि उत्कृष्ट खेलाडीको आगमनले विशेष हुने भएको हो ।
क्रिकेटको सर्वोच्च संस्था अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यस सिजनलाई आधिकारिक मान्यता दिनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि मानिएको छ । आईसीसीको मान्यता पाउनु भनेको औपचारिक स्वीकृति मात्र नभएर समग्र नेपाली क्रिकेटमाथिको विश्वास बढेको भन्ने पनि बुझ्न सकिन्छ । आइसीसीको मान्यतासँगै यस सिजनका सबै खेलले आधिकारिक टी–२० को मान्यता पाएका छन्, जसबाट यी खेलहरुमा बन्ने रन र लिने विकेट खेलाडीको करिअरको आधिकारिक रेकर्डमा गणना हुनेछन् ।
अर्कोतर्फ आइसीसीको मान्यतापछि धमाधम अन्तर्राष्टिय क्रिकेटका सुपरस्टार खेलाडीहरु एनपीएलमा भित्रिने वातावरण पनि बनेको छ । यसअघि आधिकारिक मान्यता नहुँदा सक्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू नेपाल आउन हिचकिचाउने गरेका थिए ।
अहिलेसम्म अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दै छन भने वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट खेल्दै छन । त्यस्तै बंगलादेशका अलराउन्डर शाकिब अल हसन पोखरा एभेन्जर्सबाट, इंग्ल्यान्डका मोइन अली र न्युजील्यान्डका जिमी निशम जनकपुर बोल्ट्सबाट खेल्दै छन । त्यस्तै दक्षिण अफ्रीकाका डेभिड मिलर कर्णाली याक्सबाट, वेस्ट इन्डिजका शेरफेन रदरफोर्ड फाबियन एलेन सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन । त्यस्तै पाकिस्तानी बलर हसन अली, जिम्बाबेका सिकन्दर राजा चितवन राइनोजबाट खेल्दै छन ।
त्यसैगरी, पाकिस्तानका पूर्वफास्ट बलर शोएब अख्तर एनपीएलमा हिमालय स्पोट्र्सको आधिकारिक ब्रोडकास्टिङमा एनालिस्टको भूमिकामा सहभागी हुने भएका छन भने पोखरा एभेन्जर्सले भारतीय पूर्व खेलाडी इरफान पठानलाई ब्रान्ड एम्बासडरको रुपमा जोडेको छ ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend