Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एनपीएलमा चितवन र लुम्बिनी खेल्दै, कसले मार्ला बाजी ?


    बिहिबार, मंसिर ४ २०८२
    640
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लुम्बिनी लायन्स र चितवन राइनोज खेल्दैछन् ।

    आज हुने एकमात्र खेल अपरान्ह ४ बजे सुरु हुनेछ । दोस्रो संस्करणमा लुम्बिनी पहिलो खेल खेल्न लागेको हो भने चितवन दोस्रो जितको खोजीमा छ ।

    पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन लय कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्स मैदानमा उत्रिनेछ ।

    यता, युवा अलराउण्डर कुशल मल्लको कप्तानीमा चितवन राइनोज लगातार दोस्रो जितको खोजीमा मैदानमा उत्रिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार