Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एनपीएलः आज जनकपुर र कर्णालीबीच अन्तिम खेल, कसले मार्ला बाजी ?


    आइतबार, मंसिर २१ २०८२
    595
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन । खेल कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे शुरु हुनेछ ।

    दुवै टोली ‘प्ले अफ समीकरणबाट बाहिरिसकेका छन् । यो खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ ।

    ६ खेलमा एउटा मात्रै खेल जितेको कर्णाली सातौं स्थानमा छ भने समान खेलमा एउटामात्रै खेल जितेको साविक विजेटा जनकपुर तालिकाको पुछारमा छ ।

    क्वालिफायर र इलिमिनेटर समीकरण पूरा भएको छ । अब क्वालिफायरमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको विराटनगर किङ्ग्सबीच खेल हुनेछ ।
    यस्तै इलिमिनेटरमा तेस्रो स्थानको काठमान्डु गोखार्ज र चौथो स्थानको लुम्बिनी लायन्सबीच खेल हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार