Nepal Face
  • बिहिबार, ६ कार्तिक २०८३
  • ड्रोनको भग्नावशेष खस्दा साउदी अरबमा एक नेपालीको मृत्यु


    बिहिबार, कार्तिक ६ २०८३
    95
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । साउदी अरबको अराम्को तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ ।

    घटनामा भारतीय र पाकिस्तानका एक–एक नागरिक घाइते भएका छन् । बुधबार भएको घटनामा नेपाल र फिलिपिन्सका एक–एक नागरिकको मृत्यु भएको साउदी ऊर्जा मन्त्रालयले पुष्टि गरेको छ ।

    मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्स(यूएई) को सिमाना नजिक रहेको शैबह तेल क्षेत्रमा लक्षित गरी आएको ड्रोनलाई बीचमै रोकिएको थियो ।

    त्यसपछि खसेको भग्नावशेषले तेल केन्द्रमा क्षति पुगेको थियो । भग्नावशेष खस्दा केन्द्रमा ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा समेत आगलागी भएको थियो ।

    मन्त्रालयले ड्रोन कसले प्रक्षेपण गरेको भन्नेबारे भने खुलाएको छैन । तर पछिल्लो समय हुथी विद्रोहीहरुले यमनबाट साउदी अरबमा आक्रमण गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार