Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा बालुवा पेलेर क्रान्ति बच्ने भएन : प्रचण्ड


    बिहिबार, चैत्र २६ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  बालुवाटारमा बालुवा पेलेर क्रान्ति बच्ने भएन भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौ महिला एकैपटक सडकमा उत्रने गरी तयारी गर्न निर्देशन दिएका छन् ।

    बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी निकट अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको भेलामा प्रचण्डले महिलाको शक्तिशाली संगठन बनाउनुपर्ने बताए बताउँदै उनले भने ‘कर्णालीका प्रत्येक वडा–टोल सबैतिर संगठनको सञ्जाल निर्माण गर्नुस् र जरुरी पर्दा एकैचोटी लाखौ महिलाहरु सडकमा निक्लिन सक्ने गरी मोर्चा बनाउनुस्, ।

    महिलामाथि हुने सबैखाले हिंसा, ज्यादती, असमानता र महिलालाई हेप्ने प्रवृत्तिका विरुद्ध सामूहिक रुपमा एउटा आन्दोलन छेड्नु आग्रह गर्दै महिलाहरुले अब वर्ग संघर्ष, उत्पादन र संगठन निर्माणको अभियानलाई एकसाथ उठाउनु पर्ने उनको बताएका छन् ।।

    बालुवाटारमा बालुवा पेलेर यो क्रान्ति बच्ने भएन, अब जसले यो क्रान्ति ल्याएको हो तिनै जनताको घर दैलोमा फर्किनुपर्छ ।

     

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार