Nepal Face
  • बिहिबार, २२ असोज २०८३
  • कांग्रेस महाधिवेशन: आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि सुरु हुने 


    बिहिबार, असोज २२ २०८३
    115
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ।

    आज बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो। त्यसपछि पनि मतदान हुन नसकेपछि केन्द्रीय निर्वाचन समितिले अर्को समय सार्वजनिक गरेन।

    समयमै मतदान सुरु हुन नसकेपछि भोलि बिहानका लागि नयाँ समय तय गरिएको छ। निर्वाचन समितिका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।

    निर्वाचन समितिले निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएको कारण देखाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार