Nepal Face
  • बिहिबार, २२ असोज २०८३
  • कांग्रेस महाधिवेशन: मतदान समय फेरि सर्यो, २ बजेदेखि सुरु गरिने


    बिहिबार, असोज २२ २०८३
    110
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा मतदानको समय फेरि सरेको छ।

    कांग्रेस केन्द्रीय निर्वाचन समितिले मतदानको समय एक घण्टा सारिएको जनाएको छ। मतदानको तयारी पूरा नभएकाले दिउँसो २ बजेदेखि मतदान सुरु गरिने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

    यसअघि दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने तय गरिएको थियो। बिहान १० बजेदेखि सुरु गर्ने कार्यतालिका भए पनि तयारी नपुगेकाले सारिएको थियो।

    आज मतदानको समय सार्नुअघि निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारसँग छलफल गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार