Nepal Face
  • बिहिबार, २२ असोज २०८३
  • परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता


    बिहिबार, असोज २२ २०८३
    160
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच भेटवार्ता भएको छ ।

    भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्धको समग्र अवस्था तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ । दुवै पक्षले लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान र जनस्तरको सम्बन्धमा आधारित दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।

    अस्ट्रेलियाली परराष्ट्र मन्त्री वाङले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै राहत तथा पुनस्स्थापनाका लागि अस्ट्रेलियाको समर्थन निरन्तर रहने बताएकी छन् ।

    उनले बाढी प्रभावित क्षेत्रमा राहत र प्रारम्भिक पुनस्स्थापनाका लागि थप १ करोड ५० लाख अस्ट्रेलियाली डलर सहयोग घोषणा गरेकी छन् । यसअघि अस्ट्रेलियाले आपत्कालीन उद्धार तथा राहतका लागि १ करोड १० लाख अस्ट्रेलियाली डलर सहयोग घोषणा गरेको थियो ।

    मन्त्री खनालले अस्ट्रेलिया सरकार र जनताप्रति सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् । उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरलाई अन्तर्राष्ट्रियस्तरमा उठाउन अस्ट्रेलियाले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार