Nepal Face
  • शुक्रबार, २३ असोज २०८३
  • अध्यादेशमार्फत चार ऐन संशोधन गर्ने सरकारको निर्णय


    बुधबार, असोज २१ २०८३
    415
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले भूमिसम्बन्धी चार वटा ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ।

    बुधबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी ऐन, २०२१, जग्गा (नाप जाँच) ऐन, २०१९, मालपोत ऐन, २०३४ र भू-उपयोग ऐन, २०७६ का विभिन्न व्यवस्था संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार भूमि प्रशासन, जग्गाको नापजाँच, मालपोत तथा भूउपयोगसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा देखिएका समस्या सम्बोधन गर्ने गरी अध्यादेश ल्याउन लागिएको हो।

    मन्त्रिपरिषद्को निर्णय अनुसार अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिनेछ। अध्यादेशमा चारवटै ऐनका कुन-कुन व्यवस्था संशोधन गरिएको छ भन्ने विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार