Nepal Face
  • शुक्रबार, २३ असोज २०८३
  • बर्षाका कारण कांग्रेस महाधिवेशनको बन्द सत्र प्रभावित


    बुधबार, असोज २१ २०८३
    195
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र प्रभावित भएको छ।

    बुधबार बन्द सत्रमा महाधिवेशन प्रतिनिधिले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ। तर, अचानक आएको हावाहुरी र वर्षाका कारण बन्द सत्र प्रभावित भएको प्रवक्ता देवराज चालिसेले बताए।

    बुधबार बिहान साढे १० बजेदेखि सुरु गर्ने तय गरिएको थियो। बन्द सत्रलाई खाजा समयपछि गर्ने भनेर साढे ११ बजेदेखि सुरु गर्ने तयारी थियो।

    एकाएक हावाहुरीसहितको ठूलो वर्षा भएसँगै बन्द सत्र प्रभावित भएको छ। खुलामञ्चमा महाधिवेशन प्रतिनिधिहरू आउन सकेका छैनन्।

    कांग्रेसले बन्द सत्र खुलामञ्चमा सञ्चाल गरिँदै आएको छ। भृकुटीमण्डपमा खाना स्थल र राष्ट्रिय सभा गृहमा निर्वाचन समितिले निर्वाचनको कम गरिरहेको छ। बिहीबार बिहान मतदान गर्ने तयारी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार