काठमाडौं । नेपाल पत्रकार महासंघको बुधबार भएको चुनावमा देशभर भइरहेको मतगणनाको परिणाम अनुसार विपुल पोखरेल नेतृत्वको प्यानल भारी मतान्तरले अगाडि रहेको छ ।
नयाँ नेतृत्वका लागि भएको प्रत्यक्ष निर्वाचनको मतगणना जारी रहँदा विपुल पोखरेल नेतृत्वको प्यानल भारी मतान्तरले अगाडि रहेको स्रोतले बताएको छ ।
निर्मला शर्मा नेतृत्वको सत्तानिकट पत्रकारहरुको प्यानल अधिकांश जिल्लाहरुमा पराजित भएको छ । केन्द्रमा पनि पोखरेल नेतृत्वको प्यानल फराकिलो मतान्तरले अगाडि बढेको छ ।
ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, रामेछाप, दोलखा, ललितपुर, मकवानपुर, नुवाकोट लगायतका जिल्लामा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता लिएको छ। लुम्विनीका अधिकांश जिल्लामा पोखरेलको अग्रता छ भने सुदूरपश्चिमका जिल्लाहरुमा पनि पोखरेल प्यानलकै अग्रता छ।
भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली लगायतका जिल्लामा निर्मला शर्माको प्यानलले अग्रता लिएको छ। गण्डकीका जिल्लाहरुमा प्रतिस्पर्धा छ।