Nepal Face
  • शुक्रबार, २३ असोज २०८३
  • काँग्रेसका नेता डा. रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिँदै


    बुधबार, असोज २१ २०८३
    190
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्।

    सभापति गगन थापासँग भएको भेटमा उम्मेदवारी फिर्ता लिन गरिएको आग्रह र महाधिवेशनपछि उपयुक्त जिम्मेवारी दिने आश्वासनपछि रिजाल उम्मेदवारी फिर्ता लिन सहमत भएका हुन्।

    रिजालले थापासँगको भेट र उम्मेदवारी फिर्तासम्बन्धी संवादको भिडियो आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेका छन्। रिजालका स्वकीय सचिव जितेन्द्र ठकुरीका अनुसार सभापति थापाले सार्वजनिक रूपमा र व्यक्तिगत भेटमा समेत उम्मेदवारी फिर्ता लिन अनुरोध गरेका थिए।

    महाधिवेशन सम्पन्न भएपछि रिजाललाई पार्टीभित्र उचित पद र जिम्मेवारीमा व्यवस्थापन गर्ने आश्वासन सभापति थापाले दिएको ठकुरीले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार