Nepal Face
  • मंगलबार, २० असोज २०८३
  • श्यामकृष्ण खड्कीले दिए कांग्रेस सभापतिमा उम्मेदवारी 


    मंगलबार, असोज २० २०८३
    145
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्कीले सभापतिमा उम्मेदवारी दिएका छन्।

    कांग्रेस महाधिवेशनअन्तर्गत मंगलबार खड्कीले सभापतिमा उम्मेदवारी दिएका हुन्। सभापतिमा गगन थापा प्रतिस्पर्धी छन्। थापाले उम्मेदवारी दिन बाँकी छ।

    कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ।

    कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि मंगलबार दिउँसो साढे १२ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार