Nepal Face
  • मंगलबार, २० असोज २०८३
  • मोरङमा धानबारीबाट २१० किलो बेवारिसे अवस्थामा गाँजा बरामद


    मंगलबार, असोज २० २०८३
    130
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • विराटनगर । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ ।

    सोमबार राति जहदा गाउँपालिका–१ नयाँ बस्ती नजिकै रहेको धानबारीमा कालो प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा २१० किलो गाँजा बरामद भएको हो ।

    सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गण हेडक्वार्टर कंकालिनी मोरङ र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले धानबारीमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

    सीमावर्ती क्षेत्रमा बेवारिसे अवस्थामा रहेको गाँजा २१० किलो छ । गाँजा कसले लुकाएर राखेको थियो भन्ने यकिन नभएको प्रहरीले जनमाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार