काठमाडौँ। पोखराका एक युवकले बियरको बोतल प्रहार गरेर एक वृद्धको हत्या गरेका छन्।
पोखरा महानगरपालिका-२४ स्थित कार्कीको तगरामा सामान्य विवादका क्रममा भएको कुटपिटमा एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
स्थानीय ७२ वर्षीय पूर्णभद्र त्रिपाठीमाथि सोही स्थानका करिब ३३ वर्षीय जगत दाहालले बियरको बोतलले प्रहार गरेर हत्या गरेका हुन्।
बोतल प्रहारबाट त्रिपाठीको टाउकोमा गम्भीर चोट लागेको थियो। बोल्न नसक्ने अवस्थामा उनलाई उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो।
उपचारको क्रममा चिकित्सकले सोमबार साँझ ७:२५ बजे उनलाई मृत घोषणा गरेका हुन्।
घटना पश्चात फरार रहेका दाहाललाई सोमबार साँझ ७:१५ बजे पामे पुल नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।
काठमाडौँ। नेपाली कांग्रेसकी नेत्री सीता गुरुङले उपसभापतिमा उम्मेदवारी दिएकी छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत महिलातर्फ उपसभापतिमा उम्मेदवारी दिएकी हुन्। उनी यसअघि केन्द्रीय सदस्य थिइन्। गुरुङ कांग्रेसमा लामो...
काठमाडौँ। दसैं घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला भएको छ । आज यातायात व्यवस्था विभागले सरोकारवालाको बैठकपछि यस्तो निर्णय गरेको हो । घटस्थापना २५ असोजमा...
काठमाडौँ। नेपाली कांग्रेसका पूर्वउपसभापति धनराज गुरुङले फेरि उपसभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनी १४ औं महाधिवेशनमा उपसभापति निर्वाचित भएका थिए । त्यो बेला डा....
काठमाडौँ। जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको छ। मेडिकल व्यवसायी प्रसाईंलाई विदयुतीय कारोबार सम्बन्धी कसूरमा दुई लाख धरौटीमा छोड्न आदेश भएको जिल्ला...
काठमाडौँ। नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन् । अहिले धमाधम कांग्रेस महाधिवेशनको केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइरहेको छ । यसैबीच शर्माले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend