काठमाडौं । सर्वोच्च अदालतमा रिक्त ६ न्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार न्यायपरिषदको बैठक बोलाइएको छ । नयाँ सरकारले न्यायाधीश नियुक्ति गर्दा हतार नगरी स्वार्थ बाझिएका, कार्यक्षमतामाथि प्रश्न उठेका, निष्ठामाथि प्रश्न उठेका, योग्यता, क्षमता र अब्बलतामाथि प्रश्न उठेकालाई गर्न नहुने सुझाव रास्वपाकै सांसदले दिएका छन् ।
यस्तो सुझाव राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले दिएका छन् । हतारमा नियुक्ति गरेर पछि पछुताउनेगरी निर्णय लिनु कदापी नहुने न्यौपानेको भनाइ छ ।
उनले नियुक्ति हुने न्यायाधीशहरूमा ५०–६० प्रतिशत उच्च अदालतबाट र४०–५० प्रतिशत बाहिरबाट नियुक्ति गर्न सुझाव दिएका छन् ।
न्यौपानेले सामाजिक संजालमार्फत् दिएको सुझावमा उल्लेख छ–‘सर्वाेच्च अदालतमा न्यायाधीश नियुक्ति आवश्यकता छ । तर हतारमा नियुक्ति गरेर पछि पछुताउनेगरी निर्णय लिनु कदापि हुँदैन । नियुक्ति हुने न्यायाधीशहरू स्वार्थ बाझिएका, कार्यक्षमतामाथि प्रश्न उठेका, निष्ठामाथि प्रश्न उठेका, योग्यता, क्षमता र अब्बलतामाथि प्रश्न उठेका हुनुहुँदैन ।
नियुक्ति पाउने न्यायाधीशहरू ले केही न केही हदसम्म लिङ्ग, समुदायको प्रतिनिधित्व गरेको झल्कनुपर्छ । नियुक्ति हुने न्यायाधीशहरूमा ५०–६०प्रतिशत उच्च अदालतबाट र ४०–५० प्रतिशत बाहिरबाट नियुक्ति गरिनुपर्दछ । नियुक्ति हुने न्यायाधीशहरू कुनै राजनीतिक दल को प्रभावमा परेका वा दलीय कोटा जस्तो देखिने अवस्थितिका हुनुहुँदैन । न्यायको अन्तिम आशाको बिन्दुमा फैसलाधिश होइन न्यायाधीश नियुक्ति हुनुपर्दछ । जस्तोसुकै संकट वा आश्वासन आउँदा पनि नझुक्ने र नचुक्ने, लोभ लालचाबाट टाढा रहेका भगवान रूपी न्यायमूर्ति नियुक्ति गर्नुपर्दछ ।
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको बताएका छन् । सोमवार...
काठमाडौँ । काठमाडौंबाट धनगढी जाँदै गरेको बस नवलपरासी पश्चिम बर्दघाट नगरपालिका -४ मा दुर्घटना भएको छ। दुर्घटनामा चालक,सहचालिकसहित सातजना घाइते भएका छन्। सोमबार बिहान साढे...
काठमाडौँ। बुढीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ विशालनगरमा ठूलो क्षति पुर्याएको छ। बाढीले ७२ घरधुरीका भौतिक संरचनामा क्षति पुर्याउनुका साथै गोरखाको आरुघाट...
काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँ बसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा-व्यवसायमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा निर्वाचित भएका छन् । खुलातर्फको मतगणनामा पौडेलले ४ हजार १९४ मत प्राप्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend