Nepal Face
  • सोमबार, १९ असोज २०८३
  • एक हप्तामै अवकाशमा जान लागेका एआईजी बंशी दाहाल निलम्बित, मध्यरातमा चोलेन्द्रशमशेरलाई भेट्न गएको आरोप


    सोमबार, असोज १९ २०८३
    285
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि नै अवकाशमा जाँदै थिए ।

    पूर्व प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरालाई प्रहरी हिरासतमा पुगेर भेटेको आरोप लागेका उनलाई निलम्बन गरी छानविन गर्ने निर्णय सरकारले गरेको हो । यसका लागि छानविन समिति गठनको निर्णयसमेत भएको छ ।

    अघिल्लो शनिबार राती १२ बजे निवासबाटै उठाएर राती २ बजे उपत्यका अपराध अनुसन्धान महाशाखा,टेकूपुर्याइएका चोलेन्द्रलाई दाहालले साढे ३ बजेतिर त्यहीँ पुगेर भेटेका थिए ।

    सशस्त्र प्रहरी नियमावलीअनुसार एआईजीको पदावधि चार वर्ष हुन्छ । ०७९ मा एआइजीमा बढुवा भएका दाहालको कार्यकाल यही असोज २६ गते सकिंदैछ । तर,सरकारले चाहेमा एक वर्ष थप सक्ने व्यवस्था छ । सोही कानुनी व्यवस्थाअनुसार सशस्त्र मुख्यालयले पदावधि थपका लागि गृह मन्त्रालयमा पत्रसमेत पठाइसकेको थियो ।

    तर, यसबीच चोलेन्द्रलाई भेटेकै कारण एक हप्ता पदावधि बाँकी छँदै उनलाई निलम्बन गरिएको हो । रवि लामिछानेसहित कांग्रेस र एमालेसँग मिलेर सरकार गिराउने खेलमा लागेको आशंकामा अघिल्लो शनिबार राती १२ बजे निवासबाटै उठाएर राती २ बजे उपत्यका अपराध अनुसन्धान महाशाखा,टेकू पुर्याइएका चोलेन्द्रलाई दाहालले साढे ३ बजेतिर त्यहीँ पुगेर भेटेका थिए ।

    राणा खलक ससुराली भएका उनी चोलेन्द्रको नातेदार पनि हुन । त्यही आधारमा भेट्न गएका उनलाई शंकास्पद साँठगाँठ गरेको आरोपमा निलम्बन गरी जाँचबुझ समिति गठन गरिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार