Nepal Face
  • आइतबार, ११ असोज २०८३
  • प्रधानन्यायाधीशको नाममा ठूला मुद्दामा डिल गरेको सूचना पाएपछि चोलेन्द्रशमेशर पक्राउ, भाइ प्रभु पनि निगरानीमा !


    आइतबार, असोज ११ २०८३
    1.5K
    Shares
    नेपाल फेस
  • ७ मिनेट पाठ
  • काठमाडौं । अदालतमा विचाराधीन ठूला मुद्दामा चलखेल गर्ने गरेको सूचना पाएपछि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेको खुलासा भएको छ ।

    यससम्बन्धी प्रमाण प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पाएपछि प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएको थियो । प्रहरी प्रधान कार्यालयको निर्देशनपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई गएराति ३ बजे बाँसबारीस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो । केही बिषयमा अनुसन्धान गर्नका लागि पक्राउ पूर्जी लिई उनलाई नियन्त्रणमा लिइएको स्रोत बताउँछ ।

    स्रोतका अनुसार प्रधानन्यायाधीश मनोजकुमार शर्मा आफूले नै सर्वोच्च अदालतमा नियृुक्ति गरेको र आफूले भने अनुसार नै हुने भन्दै मुद्दाका डिल गर्दै आएका थिए । कतिपय मुद्दामा जित गराइदिएको समेत चोलेन्द्रको समूहले दाबी गर्दै आएको थियो ।

    पछिल्लो समय बिचौलिया दीपक भट्ट र सुलभ अग्रवाललाई छुटाउने डिल उनले गरेको स्रोत बताउँछ । भट्टले गत ७ असोजमा सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जसमा ८ असोजमा प्रारम्भिक सुनुवाई भई तीन दिनभित्र जवाफ माग्ने आदेश भएको थियो ।

    जसमा यो साता सुनुवाई हुँदैछ । भट्टका निकटस्थहरुले यसका लागि चोलेन्द्रसँग डिल गरेको स्रोतको दाबी छ । यसका बारेमा भरपर्दो सूचना पाएपछि सरकारले उनलाई पक्राउ नै गर्ने निष्कर्षमा पुगेको थियो ।

    अहिलेका प्रधानन्यायाधीश चोलेन्द्रका निकटस्थ हुन् । तर, चोलेन्द्रले सम्पूर्ण न्यायालय आफ्नो इशासामा चल्ने प्रचार गरेर डिल गर्दै आएको आरोप लागिरहेको छ । पदमा हुँदा पनि उनी निकट व्यक्तिहरुले मुद्दा जिताइदिने भनेर खुला डिल गर्दथे । डा. मनोज शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा संसदीय सुनुवाइ समितिमा बरिष्ठ अधिवक्ता शम्भु थापाले नै उजुरी दिएका थिए । र, उनले सुुनुवाइ समितिमा मनोज शर्माको सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता नपुगेको, न्यायाधीश हुने क्षमता नभएको बताएका थिए । तर तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शर्मा न्यायालयको ‘हिरा’ भएको भन्दै बचाउ गरेका थिए । शर्मालाई जबराले आफ्नै कोटामा न्यायाधीश नियुक्ति गरेका थिए ।

    बानेश्वरस्थित आइप्लेक्स मलमा उनका भाइ प्रभुशमशेर मुद्दामा डिल गर्ने गरेको सूचना प्रधानमन्त्री सचिवालयमा पुगेको थियो । आइपेक्स मल निर्माण हुनुअघि शिवदर्शन चलचित्र हल रहेको उक्त जग्गा नै चोलेन्द्रको आडमा एक किसिमले कौडीको मूल्यमा प्रभुले कब्जा गरिएको आरोप पनि लाग्ने गरेको छ ।

    चोलेन्द्र दाजुभाइले अरबौंको सम्पत्ति कमाएर विदेशमा समेत लुकाएको भन्दै छानविनको समेत माग भएको थियो । पदबाट हटेपछि रक्षात्मक बनेका राणाको शर्मा प्रधानन्यायाधीश बनेसँगै पछिल्लो समय सक्रियता बढेको थियो ।

    खासगरी ठुला व्यापारी जोडिएका र भ्रष्टाचारका मुद्दामा चोलेन्द्रले घरमै डिल गर्दथे । यससम्बन्धि सूचना पाएपछि प्रधानमन्त्री कार्यालयले निगरानी गर्दा उनको घरमा अस्वभाविक भेटघाट हुने गरेको खुल्यो ।

    त्यसपछि उनी पक्राउ परेका हुन् । प्रहरीले उनको मोबाइल पनि जफत गरेको छ । जसबाट अदालतमा हुने सेटिङका धेरै विवरण खुल्ने आकलन गरिएको छ ।
    उता, प्रहरीले भने डिस्कर्डमा एक व्यक्तिले पूर्वप्रधानन्यायाधीश जबराको घर घेराउ गर्ने, आक्रमण र घर जलाउनेसम्मको सूचना आएपछि उनको सुरक्षाका लागि तत्काल सुरक्षित स्थानमा ल्याइएको बताउने गरेका छन् ।

    टंगालको ५ रोपनी जग्गामा चलखेल

    सर्वोेच्च अदालतमा चलिरहेको अपुताली नामसारी दर्ता सम्बन्धी एक मुद्दामा न्यायलयकै बदनाम हुनेगरी चोलेन्द्रशमशेरले नै आदेश दिएका थिए ।

    पाँच बर्षअघि काठमाडौ नक्सालस्थित करिब ५ रोपनी जग्गामा सर्वोेच्चबाट भएको फैसला उपर सर्वोच्चको पूर्ण इजलाशले पुनरावलोकनको आदेश दिएको थियो । करिब अढाई अर्ब मूल्य बराबर रकममा किनबेच हुनसक्ने वादी हिमालदेवी शाह र प्रतिवादी जयन्तीदेवी सिलवाल शाहसमेत रहेको उक्त ०७८– Rv- ०१६९ मुद्दामा प्रभुले ठूलो रकम लिएको आरोप छ । दिदीभाइको यो मुद्दामा २५ करोड लिएर कहिले एउटाको र कहिले अर्काको पक्षमा फैसला गर्ने काम पनि प्रभुले नै गराएको स्रोत बताउँछ ।

    करिब अढाई अर्ब मूल्य बराबर रकममा किनबेच हुनसक्ने यो मुद्दामा जग्गाको स्वामित्व छोरीको कायम हुने कि बुहारीको हुने भन्ने बिषय अदालतमा बिचाराधीन छ । यही मौका छोपेर बादी हिमालयदेवीको तर्फबाट न्यूरोडको लक्की ज्वेलर्सका संचालक ऋषि ठाकुर, जयन्तीदेवीका तर्फबाट पर्वत पुख्र्यौली घर भएका टिकाराम तिवारी र कमलादेवी राजभण्डारी शाहको तर्फबाट बिजय खेरवाल नामका बिचौलियाले डिल गरिरहेका छन् ।

    ऋषि ठाकुर हङककङबाट ब्रेक सू मार्फत् भएको ६० किलो सुन तस्करीमा जोडिएका थिए । विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकालको अन्तिम समयमा दशैंको मुखमा उनी छुटेका थिए ।जुन मुद्दामा मनोज शर्मा आएपछि प्रभुको सक्रियता झन् बढेको छ । टुंगिसकेको यो मुद्दामा २०७९ साल भदौ २३ गते विश्वम्भरप्रसाद श्रेष्ठ, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलाशले पुनरावलोकन गरी हेर्ने अनुमति प्रदान गरेको थियो ।

    एनआईसी एशियाको धापासीको जग्गामा प्रभुको नजर

    प्रभु शमशेरले एनआईसी एशिया बैंकले लिलाम गरेको काठमाडौं धापासीको २६ रोपनी ९ आना क्षेत्रफलको रहेको जग्गामा मुद्दा हाल्न लगाएर समेत करोडौंको बार्गेनिङ गरेको आरोप लागेको थियो । उक्त जग्गा समस्याग्रस्त घोषित ओरेन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेतले ऋण तिर्न नसकेपछि एनआईसी बैंकले लिलाम गरेको थियो । तर त्यही जग्गामा बर्षौंपछि चोलेन्द्र प्रधानन्यायाधीश भएपछि प्रभुले सुधीरलाई मुद्दा हाल्न लगाएर बैंंकका संचालकहरुसँग बार्गेनिङ गरेका थिए ।

    यी केही प्रतिनिधि घटना हुन्, चोलेन्द्रले अरबौं राजस्व नतिरेका क्यासिनोलाई अन्तरिम आदेशका भरमा संचालन गर्न आदेश दिने, बिशेष अदालतमा हुँदा भ्रष्टाचार मुद्दामा सबैलाई सफाइ दिने लगायतका धेरै विवादित फैसला गरेका थिए ।

    बिशेष अदालतको ठूलो भ्रष्टाचारको मुद्दाका रुपमा लिइएको र नांगो भ्रष्टाचार भएको टेरामेक्स प्रकरणमा ६६ लाख रुपैयाँको ल्यापटप किनेको प्रमाण हुँदाहुँदै पनि मोहनबहादुर बस्नेतले सफाइ पाउनुमा पनि बिचौलियाकै भूमिकाले काम गरेको स्रोतहरुको दाबी छ । यद्यपि टेरामेक्स प्रकरणमा सिन्धुपाल्चोकका ब्यापारी सुमन खत्री र बिष्णु खत्री दाजुभाइले बिचौलियाका रुपमा भूमिका खेलेको आरोप पनि लाग्दैआएको छ । सर्जिकल ब्यापारी अक्कलबहादुर भण्डारीको नाममा केही जायजेथा जोडेर टेरामक्स टुंगिएको चर्चा पनि हुने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार