Nepal Face
  • बिहिबार, १५ असोज २०८३
  • पाइलटलाई चक्कु हान्ने को-पाइलट आतंकवादी हुन सक्छन्: ट्रम्प


    बिहिबार, असोज १५ २०८३
    160
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्।

    ट्रम्पका अनुसार बुधबार भएको फोन संवादमा नेतन्याहुले विमानमा भएको घटनाबारे जानकारी गराए।

    ट्रम्पले भनेका छन्, ‘मलाई लाग्छ- यो एकदमै स्तब्ध पार्ने कथा हो। यस्तो देखिन्छ-सहचालक कि आतंकवादी हुन् कि मानसिक रूपमा अस्वस्थ छन्।’

    उनले आक्रमणमा परेका भारतीय पाइलट स्मित मच्छरको प्रशंसा गर्दै ‘नायक’ भनेका छन्।

    बुधबार १८० यात्रु लिएर यूएईको दुबईबाट इजरायलको तेल अभिभका लागि उडेको फ्लाई दुबईको विमानका को(पाइलटले पाइलट स्मितलाई चक्कुले हानेपछि विमान साउदी अरबमा लगेर अवतरण गराइएको थियो। यात्रुसमेतको सहयोगमा पाइलट स्मितले विमानलाई दुर्घटनाबाट बचाएका थिए। अहिले उनको विश्वभर प्रशंसा भइरहेको छ।

    इजरायली अधिकारीहरूका अनुसार पाइलट स्मितलाई चक्कुले आक्रमण गर्ने को-पाइलट ओमानी नागरिक हुन्। उनलाई को-पाइलटले विमान उडिरहेकै बेला किन चक्कुले हाने भन्ने विषयमा वास्तविकता बाहिर आउन बाँकी नै छ।

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार ‘चक्कुले आक्रमण गर्ने पाइलटलाई पक्राउ गरिएको छ र हाल साउदी अधिकारीहरूले सोधपुछ गरिरहेका छन्।’

    इजरायलका एक वरिष्ठ अधिकारीले पाइलटको साहसले ठुलो दुर्घटना हुनबाट जोगिएको बताए। अन्यथा सन् २००१ मा संयुक्त राज्य अमेरिकामा भएको ९/११ को आक्रमणजस्तै हुन सक्थ्यो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार