काठमाडौँ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कासँग बयान लिएको छ।
आइतबार पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेपछि अनुगमनका लागि पुगेको आफ्नो टोलीलाई भेट्न रोक लगाइएको भन्दै मानव अधिकार आयोगले एसएसपी खडकालाई बयानका लागि बोलाएको थियो।
मंगलबार बिहान साढे ११ बजे आयोगको कार्यालयमा पुगेका एसएसपी खड्का बयान दिएर फर्किसकेको आयोगका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।
आयोगले प्रहरीले संवैधानिक तथा कानुनी अधिकारको सम्मान नगरेको दाबी गरेको छ।
संवैधानिक तथा कानुनी दायित्व पूरा गर्न अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन आयोगले सरकारसँग माग गरेको थियो।
राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४, क मा आवश्यकताअनुसार सार्वजनिक संस्था, निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने गराउने र मानव अधिकार संरक्षणको लागि त्यस्ता निकाय, संस्था वा ठाउँमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक सुझाव र निर्देशन दिन सक्ने व्यवस्था छ।
यस्तो संवैधानिक तथा कानुनी अधिकारविपरीत नेपाल प्रहरीबाट व्यवहार गरेको आयोगको आरोप छ।
काठमाडौँ। सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पक्राउ नै नगरिएको बताएका छन्। आज सिंहदरबारमा मन्त्रिपरिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारहरूले...
काठमाडौं । सरकारले आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य...
काठमाडौँ। नेपाल र चीन जोड्ने कोदारी नाकालाई थप सहज र प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले नेपाल सरकारको उच्चस्तरीय प्रतिनिधि मण्डलले स्थलगत निरीक्षण एवं संयुक्त...
काठमाडौँ । सिंहदरबारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि सुरु भएको हो। बैठकमा समसामयिक सरकारी कामकारबाही तथा विभिन्न प्रशासनिक विषयमा...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रकम दुरुपयोग भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारीसहित १० जनाविरुद्ध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend