काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणलाई लिएर बालेन शाह नेतृत्वको सरकारको आलोचना गरेका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बालेन र ओली सरकारमा फरक नदेखिएको टिप्पणी गरे ।
उनले भने, ‘अब भ्रष्टाचारीलाई पक्राउ गर्नका लागि त्यसको मापदण्ड होला । यदि पूर्व प्रधानन्यायाधीश दोषी नै हुन् भने किन छाडेकोरु निर्दोष भए राति ३ बजे किन पक्राउ गरेको रु यस्ता गतिविधिले हिजोको केपी ओलीको र बालेनको सरकार बीचमा केही पनि फरक हुँदैन ।’
अदालतबाट पक्राउ पुर्जी ल्याएर पक्राउ गरेको भए प्रश्न गर्ने ठाउँ नै नहुने उनको भनाइ छ । उनले थपे, ‘आफ्नो व्यक्तिगत इगो साँध्नका लागि राज्यसत्ताको दुरुपयोग भइराखेको छ । अझै दुर्गा प्रसाईँ पक्राउ गरिएको छ । उहाँलाई गर्नुको सट्टा जीवी राई पक्राउ गरेको भए अझ राम्रो हुन्थ्यो। ९ अर्ब रुपैयाँ अहिले पनि नेपाली जनताले पाएको छैन ।’
फोरजी, एनसेल, निर्मला पन्तका बलात्कारीका हत्याराबारे सरकार गठन भएको ६ महिना भइसक्दा पनि कुनै कारबाही प्रक्रिया अघि नबढेको बताए ।
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सोमबार साइबर ब्युरोले म्याद थपका लागि जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो।...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरिएकोप्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेपाल बारले पर्याप्त आधार र कारणबिना...
काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि १५औं महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी गरेको छ। डा. शशांक कोइरालाको नेतृत्वमा रहेको १५औं केन्द्रीय महाधिवेशन तयारी...
काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढेको आरोप लगाएका छन्। सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले बिनापुर्जी र...
काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली बाढीसम्बन्धी अध्ययन गर्न गठित संसदीय विशेष समितिको सभापति पदका लागि यहि असोज १४ गते...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend