Nepal Face
  • सोमबार, १२ असोज २०८३
  • काँग्रेस महाधिवेशन: देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, कुन पदमा कति?


    सोमबार, असोज १२ २०८३
    175
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि १५औं महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी गरेको छ।

    डा. शशांक कोइरालाको नेतृत्वमा रहेको १५औं केन्द्रीय महाधिवेशन तयारी समितिले जारी गरेको निर्देशिकमा सभापतिको उम्मेदवारका लागि ३० हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क तय गरेको छ।

    यसैगरी, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ। प्रतिनिधि सभाको महाधिवेशन प्रतिनिधिका लािग दुई हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधि र केन्द्रीय महासमिति सदस्यको उम्मेदवारका लािग तीन हजार शुल्क तय गरिएको छ।

    निर्वाचन निर्देशिका अनुसार, प्रदेश सभापतिको उम्मेदवारले १० हजार शुल्क बुझाउनुपर्नेछ। त्यस्तै, प्रदेश उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार तथा सदस्यका लागि तीन हजार शुल्क निर्धारण गरिएको छ।

    देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्दै छ। त्यसपछि असोज २० मा गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन तोकिएको छ।

    यसैगरी, कात्तिक १५ मा जिल्ला अधिवेशन र मंसिर ४ मा प्रदेश अधिवेशन तय गरिएको छ। त्यसपछि मंसिर २१ देखि २३ सम्म काठमाडौंमा केन्द्रीय अधिवेशन हुने भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार