Nepal Face
  • सोमबार, १२ असोज २०८३
  • विनाकारण भीआईपी पक्राउ गर्ने हो भने सरकारले ठूलो मूल्य चुकाउनुपर्छ: प्रचण्ड


    सोमबार, असोज १२ २०८३
    145
    Shares
    राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर ः रत्न श्रेष्ठ / रासस
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

    सोमबार संघीय संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने र यसको मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताए ।

    यस्ता घटना नदोहोर्‍याउन उनले सरकारको ध्यानाकर्षण गराए । सुरक्षा थ्रेट भनिएको विषय सामान्य मानिसले पनि बुझ्ने खालको बहानाबाजी मात्र भएको उनको भनाइ थियो । यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने प्रचण्डले बताए ।

    प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले अहिले जे बोल्नुपर्थ्यो त्यही लाइनमा बोलेको र त्यो स्वाभाविक रहेको प्रतिक्रिया दिए । यस विषयलाई लिएर अनावश्यक बढाइचढाइ गर्न जरुरी नरहेको भन्दै उनले प्रधानमन्त्री बालेनको ठाउँमा अरू जो भए पनि त्यही कुरा बोल्ने प्रष्ट्याएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार